प्रधानमन्त्री ओली र गण्डकी प्रदेशका सांसदविच आज छलफल, यस्तो छ बिषय

काठमाडौं, साउन १८ । स्थानीय विकास निर्माण, समस्या र समसामयिक राजनीतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका सांसदहरुसंग छलफल गर्दै छन्

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा अपरान्ह ४ बजेपछि हुने छलफलमा स्थानीय तहको विकास योजना, तीनको कार्यान्वयन तथा जनगुनासो लगायतका विषयमा अन्र्तक्रिया हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सो क्रममा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वय, बजेट लगायत बिषयमा सांसदहरुको धारणा र सुझाव संकलन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले प्रदेश २ र ३ बाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिसकेकाछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *