जिम्बाब्वेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा विजयी
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १८ । जिम्बाब्वेको राष्ट्रपतिमा एमर्सन मनांगाग्वा विजयी भएका छन् । जिम्बाब्वेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त प्रिसिला चिगुम्बाले राष्ट्रपतिमा मनांगाग्वा विजयी भएको घोषणा गरेका हुन् ।
१० राज्यको मतपरिणाम सार्वजनिक गर्दै प्रमुख आयुक्तले मनांगाग्वाकोपक्षमा ५० दशमलव ८ प्रतिशत मत खसेको र विपक्षी नेता नेलसन चमीसाको पक्षमा ४४ दशमलव ३ प्रतिशत मत खसेको बताए । तर, मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबंधनकाअध्यक्ष मोर्गन कोमिचिले यो नतिजा गलत भएको भन्दै खारेज गर्न माग गरेका छन् ।
यसअघि निर्वाचनका क्रममा जिम्बाब्वेमा भएको हिंसात्मक घटनामा परि ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








