एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीच आज खेल हुँदै

काठमाडौं, साउन १८ । नेपालले पहिलो वन डे अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब बराबर गर्ने लक्ष्यसहित मैदानमा उत्रने छ ।

बुधबारको खेललाई नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल बनाएका शक्ति गौचन आज मैदान छिर्ने छैनन् । यस्तै, नेपालले अनुभवी खेलाडी शरद भेषावकरलाई पनि चोटका कारण गुमाउने निश्चित भएको छ । फिल्डिङ गर्दा शरदको औंलामा चोट लागेको थियो ।

टोलीमा मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलको पुनरागमन निश्चित भएको छ ।

पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा राम्रो बलिङ गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ ।

नेदरल्याण्डस्का कप्तानले नेपाली टिम राम्रो भए पनि पहिलो खेलमा भाग्यले जितेको धारणा व्यक्त गरेका थिए । नेपालले जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ । पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै जित्नैपर्ने दबाबमा नेपाल छ ।

पहिलो अन्तर्राष्ट्रिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खेल्ने बाटो नेपाललाई पनि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *