सांसद निरु पालमाथि पेस्तोल तेर्स्याइएको घटनामा संलग्न ६५ भन्दा बढी पक्राउ

काठमाडौं, साउन १७ । सांसद निरुदेवी पालमाथि भएको घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट ६५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

एसएसपी पोखरेलकाे नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनामा संलग्नको खोजीका लागि  काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका उनीहरुलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् ।

साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई बानेश्वरमै अज्ञात हतियारधारी समूहले कञ्चटमा पेस्तोल तेर्स्याएर धम्क्याइएको आरोप सांसद पालले लगाउँदै आएकी छन् ।

बिहिबार बसेको संसद बैठकमा सांसदहरुले पालमाथि भएको घटना दुःखद भएको भन्दै आक्रमणकारीलाई कानुनी कठघरामा ल्याउन र सांसदहरुको सुरक्षाको माग समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =