कैलाली : काठ सम्बन्धी मुद्धामा आफ्नो कुनै संलग्नता छैन् – वडा अध्यक्ष नेत्र सुनाखरी

लम्की, साउन १७ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगरले पछिल्लो समयमा आफ्नो बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक संञ्जालमा आएका कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

आज एक प्रेस विज्ञप्ती प्रकासित गर्दै वडा अध्यक्ष मगरले आफ्नो राजनितिक तथा ब्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले लालीगुराँस सामुदायिक वन उपभोक्ता समूहको काठ सम्बन्धी मुद्धामा केहि सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम मुछ्न खोजिएको बताए ।

विज्ञप्तीमा भनीएको छ, ‘ म वडा नम्बर ६ को जनप्रतिनिधिको हैसियतले उक्त घटनाका बारेमा बुझ्न जाँदा उक्त सामुदायिक बनले जिल्ला बन कार्यालय कैलालीबाट मिति २०७५ साल जेष्ठ ४ गते चलानी नम्बर ४३०२ को पत्रबाट ढलापडा काठ कटान आदेश ल्याई उक्त सामुदायिक बनले १ हजार ६ सय ७० क्यूफिट काटी घाटगद्दी गरेको जानकारी भएको हो ।’

‘घाटगद्दी भन्दा बाहिर शेरबहादुर विष्टको घर नजिकै काठको गोलिया राखिएको छ, भन्ने कुरा मैले जानकारी पाउँदा बुझ्ने क्रममा सामुदायिक बनकै काठ भएको जानकारी पाएको विज्ञप्तीमा उल्लेख छ । काठ सम्बन्धी कारबाहि सम्बन्धित निकायमा चलिरहेको र सो घटनामा आफ्नो कुनै अवरोध र सहभागिता नरहेकोले कसैले भ्रममा नपर्न म प्रेस विज्ञाप्ती मार्फत उल्लेख गर्दछु,’ विज्ञप्तीमा भनीएको छ ।

साथै मुद्धाको निष्पक्ष छानविनका लागि सम्बन्धीत निकायलाई हाद्धिक अनुरोध गर्दछु लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र सुनाखरी मगर द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

यसअघि लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बावनपुरमा लालीगुराँस उपभोक्त्ता समिति बावनपुर खोलामा राखिएको सालको १० गोलिया काठ ( ७६.३ क्यु फिट) चिराउँदै गरेको अवस्थामा इलाका वन कार्यालय रामपुरले फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *