नाम र पेशा ढाँट्दै ठग्ने सिटौला पक्राउ

काठमाडौँ, साउन १७ । ग्राहक अनुसार फरक फरक नक्कली परिचय दिएर ठगी गर्ने नुवाकोटका एक ब्यक्ती पक्राउ परेका छन् । नुवाकोटको पन्चकन्याका ४८ वर्षका हरिप्रसाद सिटौलाले कसैलाई चिकित्सक र कसैलाई दूतावासको कर्मचारी हुँ भन्दै ठगेपछि प्रहरीले पक्राउ गरेको हो ।

दूतावासको कर्मचारी हुँ भन्दै विभिन्न देश पठाउने र चिकित्सक हुँ भन्दै अस्पतालमा जागिर लगाइदिने बहानामा ठगी गर्दै आएका थिए । उनले सुबास सिटौला, डा. सुरेश उप्रेती र पिताम्बर शर्मा लगायत नाम बताउने गरेका थिए।

ठाउँ अनुसार उनी भारत, पाकिस्तान,जापान,अमेरिका,अस्ट्रेलिया लगायत देशको दुतावास कर्मचारी भएको बताउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

कसैलाई टिचिङ अस्पतालको हार्ड जोर्नी डाक्टर , कसैलाई भरतपुर क्यान्सर अस्पतालको डाक्टर बताउने सिटौलालाई महाशाखाले ठगी मुद्धामा अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *