गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि काँग्रेस सांसदद्वारा संसद बहिस्कार
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन १७ । गृहमन्त्रीलाई प्रश्न सोध्न नपाएपछि प्रमुख विपक्षी कांग्रेसले संसद बैठक बहिस्कार गरेको छ ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिएपछि सांसदहरुले गृहमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए । तर सभामुखले भने प्रश्नउत्तर राखेनन् ।
सभामुखले प्रश्नको समय नदिएपछि सांसदहरुले उठेर समयको बारम्बार माग गरेका थिए । कांग्रेसका सांसदहरु उठेकै समयमा सभामुखले संसदीय समितिका सदस्यहरुको नाम पढेर सुनाएका थिए ।
त्यसपछि सभामुखले अर्थमन्त्री विमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । कांग्रेस सांसदहरुले प्रश्न उत्तरको माग गरिरहे । तर, ‘सभामुखले आजका लागि समय दिन सकिनँ’ भनेपछि कांग्रेस सांसदहरु बैठकबाट बाहिरिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








