सांसद निरुपाललाई दिएको धम्कीबारे गम्भीर छानविन हुन्छ– गृहमन्त्री

काठमाडौँ, साउन १७ । गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्री रामबहादुर थापा बादलले सांसद निरुदेवी पालको घटनालाई राजनीतिक स्थिरता नचाहनेहरुले अस्थिरता फैलाउन खोजेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सांसद निरुदेवी पालमाथि घटेको घटना राजनीतिक स्थिरता नचाहनेहरुले अस्थिरता फैलाउन खोजेको भन्दै यसबारे सरकार सचेत रहेको बताएका हुन् ।

ने क पा की सांसद पालले हालै मात्र आफूलाई पेस्तोल देखाएर धम्की दिएको बताएकी थिइन् ।

उनले भने, ‘अहिले देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ । राजनीतिक स्थायीत्व कायम भएको छ, तर राजनीतिक स्थिरता नचाहनेहरुले अस्थिरता फैलाउन खोजेका छन् । त्यसलाई कुनै न कुनै रुपमा अघि बढाउन चाहन्छन् ।’

निरुपालमाथि घटेको घटनाबारे जानकारी हुने बित्तिकै पालको सुरक्षाका लागि कदम चालेको बताउँदै गृहमन्त्री थापाले भने, ‘अहिले पनि देशमा धार्मिक, साम्प्रदायिक, जातीय, क्षेत्रीय घटना उठाएर र त्यसलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता फैलाउने काम भइरहेका कारण सरकार यसतर्फ सचेत छ ।’ उनले यो घटनाको विषयमा गम्भीर छानबिन हुने पनि बताए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पालले आफूमाथिको घटनाले सिंगो देशको सुरक्षा व्यवस्थालाई चुनौती दिएको बताएकी थिइन् । उनले आफूलाई पेस्तोल देखाएर सरकारलाई तर्साउन खोजेको दावी समेत गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *