५ ओभरको समाप्तिमा अफगानिस्तानको २० रन पूरा

काठमाडौं, साउन १० । आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपाल र टेष्ट मान्यता राष्ट्र अफगानिस्तान प्रतिस्पर्धा गरिरहेको छ । बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

टस जितेर नेपाललाई पहिले फिल्डीङको निम्तो दिँदै पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ ओभरको समाप्तिमा २२  रन जोडेको छ । र ,विकेट गुमाएको छैन  । अफगानिस्तानका ओपनर नाभिद ओबैड र  इब्राहिम जाद्रान क्रिजमा छन् ।

राउण्ड रोबिनका आधारमा जारी छनोटमा नेपाल र अफगानिस्तानबीचको खेलबाट न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने टोलीको टुङ्गो लाग्नेछ  । छनोटमा नेपालको सम्भावना गणितीय मात्र बाँकी छ भने अफगानिस्तान छनोट हुने पक्का जस्तै छ ।

छनोटमा नेपालले ५ खेलमा ४ मा जित र १ खेलमा हार ब्यहोरेको छ । र, नेपाल ८  अंकसहित दोस्रो स्थानमा छ । लगातार पाँच खेल जितेको अफगानिस्तान १०  अंक जोडेर शिर्ष स्थानमा छ ।  छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् ।

विश्वकपमा छनोट हुन नेपाललाई अफगानिस्तानविरुद्ध  जितसहित अविश्वासनीय नतिजाको खाँचो हुनेछ । नेपालले आज अफगानिस्तानलाई ५० रनभित्र समेटेर २ ओभरमा जित निकाले मात्र नेपालको सम्भावना हुनेछ । यस्तै आज अफगानिस्तानले १ सय रन कटाए नेपालले मात्र ४ ओभरभित्र लक्ष्य पुरा गर्नुपर्नेछ । जुन, नेपालको लागि असम्भव जस्तै छ  । यसअघि पहिलो भेटमा पनि नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो । जुन हारले नेपालको विश्वकप यात्रा कठिन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *