पहिरो पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा

चितवन, साउन १७ । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ ।

आज बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो ।

सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडकको स्तरोन्नतिका क्रममा भित्ता काटिएका कारण जुनसुकै समयमा पहिरो जान सक्ने भन्दै सबैलाई सजग भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =