मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

रसुवामा कण्टेनर दुर्घटना हुँदा तीन जनाको मृत्यु

रसुवा, साउन १७ । धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर मंगलबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिकृयाहरु
Loading...