कक्षा १२ को सबै संकायको नतिजा एकैपटक सार्वजनिक, यसरी थाहा पाउनुस् नतिजा

काठमाडौ, साउन १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाको नतिजा बिहीबार बिहान सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको  छ।

सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् । यस्तै, २ दशमलव ०१ देखि २ दशमलव ८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २ दशमलव ०१ देखि २ दशमलव ४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १ दशमलव ६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।

यस्तै १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र शुन्य दशमलव ८१ देखि १ दशमलव २० जीपीए ल्याउने ४ हजार ४ सय ८८, जना र शुन्यदेखि शुन्य दशमलव ८० जीपीए ल्याउने १ सय ९९ जना छन् ।

यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ । गएको बैशाखमा लिइएको सवै विषयको १२ कक्षाको परीक्षामा नियमित तर्फ २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सहभागि थिए । आंशिकतर्फ १ लाख १७ हजार ४ सय १४ जनाले परीक्षा दिएका थिए ।

यसरी थाहा पाउनुस नतिजा

नतिजा वेभसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ । नतिजा शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेभसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *