संघिय समाजवादीका नेताले क्यामरा फिर्ता नगरेको भन्दै उजुरी

सुनसरी, साउन १७ । संघीय समाजबादी फोरम नेपाल धरानका युवा नेता श्री सुब्बाले मोरङ केराबारीका एक युवाको लाखौं पर्ने क्यामरा पचाउने नियत राखेपछि क्यामरा फिर्ता नदिएको भन्दै ती युवाले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।

मोरङको केराबारी गाउपालिका ५ बस्ने रोजन राईले आफ्नो दुई लाख मुख्य बराबरको क्यामरा श्री सुब्बाले लगेर फिर्ता नदिइ उल्टै धाकधम्की दिएको भन्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेका हुन् । उनले इप्रका धरानमा आएर उजुरी गरेका छन् ।

पिडित रोजन राईका अनुसार श्री सुब्बाले आफन्तको विवाहमा फोटो र भिडियो खिचेर फिर्ता दिने भन्दै क्यामेरा लगेका थिए । तर, श्री सुब्बालाई क्यामरा फिर्ता माग्न पटक पटक सम्पर्क गर्दा सम्पर्कमा नआएको तथा उल्टै धाकधम्की दिएको इप्रका धरानमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

क्यामरा पचाउने नियत राखेका आरोपी श्री सुब्बाले क्यामेरा आफुले भाईको लागि ब्यबस्था गरेको र रोजनबाट क्यामेरा ल्याएको स्वीकार पनि गरिसकेका छन् ।

उनले केहि स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा दुई दिनभित्र क्यामरा फिर्ता गर्ने भनेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले सुब्बालाई पक्राउ गरि कानुन अनुसार मुद्धा अगाडी बढाउने बताए । श्री सुब्बाले रोजनको मात्र हैन बजारमा विभिन्न ब्यक्तिबाट समेत लाखौं उठाएका छन् ।

राजनीतिक आडमा गुण्डागर्दीमा संलग्न हुँदै आएका उनले कहि समय अघि एक म्युजिकल कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा प्रयोग गरिएको साउण्ड सिष्टमको करिब ८० हजार रुपैया उनले अहिलेसम्म तिरेका छैनन् । यसैगरी धरानको भानुचौकमा भाडामा चल्ने सवारी साधनबाट समेत श्री सुब्बाले पैसा लिएर फिर्ता गरेका छैनन् । धरानमा स्कोरपियन गाडी भाडामा सञ्चालन गर्दै आएका एक युवाले आफ्नो पैसा श्री सुब्बाले चलाएको माग्न जाँदा आज, भोली भन्दै टार्दै गएको जिकिर गरे ।

उनले पछिल्ला दिनहरुमा श्री सुब्बाले ज्यादा किचकिच नगर्न भन्दै धम्की दिने गरेको बताए । ‘आफ्नै गाउँठाउँको मान्छे भनेर पैसा दिएको थिएँ, अहिले पैसा फिर्ता माग्दा ज्यानै जाने डर भयो ।’ नाम नबताउने शर्तमा उनले भने । ज्यान मार्ने उद्योगमा १० वर्ष कैद सजाय भुक्तान गरेर आएका श्री सुब्बा पछिल्लो समय संघिय समाजवादी फोरम नेपालको आडमा अनैतिक काम गर्दै आइरहेका छन् ।

उनले स्थानीय स्तरमा हुने ठेक्कापट्टामा कमिसन माग्ने, नदिए धाकधम्की दिने तथा उद्योगी ब्यापारीलाई धम्काउने काम गर्दै आएको स्थानीय ब्यापारीहरुको भनाई छ । यता आरोपित मानिएका सुब्बालाई बुझ्न ९८०५३७३०६४ मा फोन सम्पर्क गर्दा फोन उठेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *