रोल्पा: टयाक्टर दुर्घटना हुदा २ जनाको मृत्य

रोल्पा, साउन १७ । रोल्पामा टयाक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । बालुवा र सिमेन्ट बोकेको रा १ त १५०७ को टयाक्टर गएराति साढे ८ बजे दुर्घटना हुदा दाङ तुल्सिपुर उपमहानगरपािलका ७ टिकारापाता बस्ने बर्ष २७ का चालक आसाराम चौधरी, सहचालक गंगादेव गाउपालिका १का अन्दाजि १८ बर्षका डम्बर बहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटना भए लगत्तै इलाका प्रहरी कार्यलय घर्तीगाउँ रोल्पाका प्रहरी निरिक्षक राज कुमार पहाडी सहित ११ जनाको टोली घटनास्थलमा गई मृतकको शव निकालिएको थियो । मृतकको शव हाल इलाका प्रहरी कार्यलय घर्तीगाउमा राखिएको छ ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा लैजाने इलाका प्रहरी कार्यलय घर्तीगाउले जनाएको छ । टयाक्टर कच्ची सडकबाट ५ सय मिटर तल खसेको जनाइएको छ । टयाक्टर पुर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ । पश्चिम रोल्पाको माडी गाउपालिका २ घर्तीगाउ देखि ओत जादै गरेको टयाक्टर माडी गाउपालिका १ भितावाङमा भिरालो बाटोका कारण अनियन्त्रित भई पल्टिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *