प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुँदा ३ जनाको मृत्यु

काठमाडौं, साउन १७ । जिम्बाबेमा विपक्षी दल समर्थक प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुँदा ३ जनाको मृत्यु भएको छ । राजधानी हरारेमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विपक्षी गठबन्धन एमडीसीले गत सोमबार भएको राष्ट्रपतीय निर्वाचनमा सत्ताधारी जानू–पीएफले धाँधली गरेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएको हो । राष्ट्रपतीय निर्वाचनको नतिजा अहिलेसम्म सार्वजनिक भइसकेको छैन । संसदीय चुनावको मतगणनामा सत्ताधारी पार्टीले अग्रता लिइसकेको छ ।

संसदीय निर्वाचनको जारी मतगणनामा सत्ताधारी जानू–पीएपले १ सय ३२ सिट जितिसकेको छ जबकी विपक्षी एमडीसी गठबन्धन ५९ सिटमा सिमित छ । गत सोमबार भएको निर्वाचनमा करीब ५० लाख मतदाताले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *