दुवै संसदको बैठक आज बस्दै, यस्ता छन् कार्यसुची

काठमाडौं, साउन १७ । संसदको तल्लो र माथिल्लो सदनको बैठक आज बस्दैछ । प्रतिनीधि सभा र राष्ट्रिय सभाको आजको बैठकमा समिति गठनको कार्यसूची तय गरिएको छ ।

संसदीय समितिहरु नबन्दा विभिन्न विधेयक माथिको छलफल प्रक्रिया रोकिएको छ । आजको संसद बैठकले समितिहरु बनाउने प्रस्ताव र समितिमा बस्ने सदस्यको नाम अनुमोदन कार्यसूची रहेको छ । पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै दुवै बैठक हिजो स्थगित गरिएका थिए ।

राष्ट्रिय सभाको बैठक बिहान ११ बजे र व्यवस्थापिका संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ । व्यवस्थापिका संसदमा चिकित्सा शिक्षा विधेयकमाथि परेको संसोधन प्रस्तावमा पनि छलफल हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *