इमरानको सपथग्रहणमा बलिउड स्टारलाई निम्तो, काे-काे परे त ?

काठमाडौं , साउन १७ । अगस्ट ११ मा हुने प्रधानमन्त्री पदको सपथग्रहणमा पूर्व क्रिकेटर तथा पाकिस्तान-तहरिक-ए-इन्साफ(पीटीआई) का नेता इमरान खानले बलिउड स्टार आमिर खान, पूर्व भारतीय क्रिकेट कप्तान सुनिल गावस्कर, कपिल देव तथा नवोजित सिंह सिद्धुलाई निम्ता पठाएका छन् ।

जुलाई २५ मा भएको पाकिस्तानी संसदीय चुनावमा पीटीआई ११६ सिटका साथ सबैभन्दा ठूलो दल बनेको छ । उसले केही स्वतन्त्र सांसद र साना दललाई मिलाएर सरकार बनाउने तयारी गरेको छ ।

सपथग्रहणका लागि इमरानले निम्तो पठाएपछि पूर्व क्रिकेटर तथा पञ्जाबका मन्त्रीसमेत रहेका सिद्धुले भने, ‘यो निकै ठूलो सम्मानको कुरा हो, मैले निमन्त्रणा स्वीकार गरेको छु ।’

मंगलबार मात्रै पीटीआई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्क देशका सरकार प्रमुखलाई निमन्त्रणा गर्ने तयारी गरेको खबर पाकिस्तानी सञ्चारमाध्यमले जनाएका थिए । पीटीआईका प्रवक्ताले यसबारेमा निर्णय भैनसेको स्पष्ट पारेका छन् ।

पीटीआईका प्रवक्ता फवाद हुसेनले यसबारेमा आफूहरुले विदेश मन्त्रालयसँग सुझाव मागेको मात्रै बताए । विदेश मन्त्रालयको सुझाव आएपछि मात्रै बोलाउने नबोलाउने बारे निर्णय हुने हुसेन ट्वीटमार्फत जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =