KIEC Global को सेवा अस्ट्रेलियाको मेलवर्नबाट सुरु

काठमाडौँ, साउन १६ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई विगत १२ वर्षदेखी करिअर काउन्सिलिङ गर्दै आएको काठमाडौँ इन्फोसिसले अष्ट्रेलियाको मेलवर्नमा शाखा विस्तार गरेको छ ।

अष्ट्रेलिया गएर उच्च शिक्षा हासिल गरिरहेका तथा अष्ट्रेलिया जाने विद्यार्थीलाईृ सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको हो ।

काठमाडौँ इन्फोसिसले भिक्टोरिया राज्यस्थित मेलवर्न शहरमा नयाँ शाखा सुरु गरिएको केआइइसीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले जानकारी दिए ।

‘अष्ट्रेलियामा रहेका विद्यार्थीलाई आइपर्ने समस्या समाधान गर्न तथा करिअर काउन्सिलिङका विविध सेवा प्रदान गर्नका लागि शाखा खोलिएको हो । ’ रिजालले बताए ।

उक्त शाखाको डाइरेक्टरमा सचिन श्रेष्ठ रहेका छन् । केआइइसी आइएसओ मान्यताप्राप्त शैक्षिक परामर्श संस्था हो । जसलाई विकिपेडियाले समेत सूचिकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *