प्रधानन्यायाधीशबारे बुधबार पनि सुनुवाई समितिले निर्णय लिन सकेन

काठमाडौं, साउन १६ । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन ।

प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको नाम स्वीकृत वा अस्वीकृत गर्ने विषयमा निर्णय लिन भनी बुधबार बैठक बसेको थियो ।

यसअघि जोशीबारे समितिले १० गते नै सुनुवाई गरेको थियो । बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो ।

सत्तारुढ दल नेकपा जोशीलाई न्यायाधीश बनाउने पक्षमा देखिएको छैन भने प्रतिपक्षी दल नेपाली कांग्रेस जोशीको पक्षमा देखिन्छ ।

बुधबारको बैठकले पनि सहमतिमै निर्णयका लागि पहल गरेको थियो तर सफल भएन । अर्को बैठक अागामी शुक्रबार विहान १० बजेका लागि सारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *