संकटमा सिन्धुपाल्चोक : नाकाबन्दीमा तातोपानी

काठमाडौं, साउन १० । तातोपानी, सिन्धुपाल्चोक – अरनिको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने लार्चास्थित भोटेकोसी पुल आइतबार रातिको पहिरोले बगाएपछि सीमाक्षेत्र नाकाबन्दीमा परेको छ ।

दक्षिणतर्फको पाङसेर्पु डाँडाको चट्टान फुटेर बीचभागमा थुप्रिएपछि पुल भोटेकोसीमा झरेको थियो । उक्त पुल चिनले २०३८ सालमा बनाएको हो । यो खबर आजको कान्तिपुरमा छ ।

भूकम्प र भोटेकोसीको बाढीले जिर्ण बन्दै गएका राजमार्गमा मोटरेबल पुल बगाएपछि अर्को संकट थपिएको छ । सीमामा यातायात ठप्प भएको छ । पैदल यात्रु आउ जाउ गर्ने गोरेटो समेत छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *