“””हेल्लो सरकार”” को प्रभावः एक टुईटले यसरी गर्यो ट्याक्सी चालकलाई कारबाही”

काठमाडौँ, साउन १६ । आफुखुशी भाडा उठाइ मिटरमा जान नमान्ने ट्याक्सीलाई सरकारले कारबाही गर्ने नियम लागु गरेको छ ।

नजिकैको दूरीमा जानका लागि पनि ट्याक्सी यात्रुले महंगो भाडा तिर्नुपर्ने गुनासाहरु सुनिन थालेपछि महानगरीय ट्राफिक प्रहरी परिसरले यसको कारबाहीमा कडाइ शुरु गरेको थियो ।

सरकारले अनिवार्य रुपमा सम्बन्धित स्थानमा मिटर चलाएर सहि गन्तव्यमा पुर्याउनु पर्ने नियमा लागु गरेतापनि ट्याक्सी चालकले सम्बन्धित नियमको बेवास्ता गर्ने गरेका छन् ।

ट्याक्सी यात्रुहरु पनि पनपरि भाडाको विरोध नगरी उल्टो थपथाप पारेर आफ्नो गन्तव्यमा पुग्न राजी हुन्छन्, जसको कारण अन्य यात्रु पनि सजिलै ठगिने गर्दछन् । मर्कामा पर्नेले नै उजुरी नदिएपछि ट्याक्सी चालकहरुले यसको लत हटाउने चासो नदेखाएका हुन सक्छन् ।

ठगिने यात्रुले नै यसको विरोध गरी सम्बन्धित निकायमा उजुरी दिने हो भने कारबाही प्रक्रिया स्वतः अगाडी बढ्छ र यात्रुहरु ठगिनबाट बच्न सक्छन् । सरकारले जनाताका गुनासा सुन्नका निम्ति बनाएको हेल्लो सरकारमा  टुईटरमार्फत् पनि उजुरी दिन सकिन्छ । यसबाट पनि सम्बन्धित निकायको ध्यानाकर्षण भइ ठगी गर्नेलाई कारबाही गर्ने गरिएको छ ।

हालै मात्र सरकारले जनताका गुनासो सुन्नका निम्ति बनाएको हेल्लो सरकारको टुईटरमा एक ट्याक्सीका ग्राहकले आफ्नो टुईटर ह्याण्डलबाट बा २ ज ८८७ का ट्याक्सीले चारखालबाट महाराजगञ्ज जान नमानेको कम्प्लेन गरेका थिए । उनले जुलाई १४ मा भ्याली ट्राफिक तथा हेलो सरकारलाई मेन्सन गरेर टुइट गरेका थिए ।

शो ट्याक्सीलाई भ्याली ट्राफिकले जुलाइ २० मा काटेको रसिद सहित ‘हामिले उक्त सवारीलाई कारबाही गरेका छौ‘ भन्दै टुइटको रिप्लाई गरेको छ । अब सो ट्याक्सीलाई सचेतना सहित रु ३००० जरिवाना हुनेछ ।

आजकाल उपत्यका ट्राफिक महाशाखाले सोसल मिडियाहरुमा आएको कम्प्लेनको आधारमा पनि कारबाही गर्न थालेको छ ।

यातायात व्यवस्था विभागले बिल प्रिन्टर मेशीस नराखिकन ट्याक्सी चलाउन नपाउने नियम ल्याएको छ । यातायात व्यवस्था विभागका अनुशार प्रिन्ट बिल नदिने र बढी भाडा लिने चालकमाथि विभागले निरन्तर अनुगमन गरिरहेको बताएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा १० हजार ६४५ ट्याक्सी दर्ता भएका छन्, त्यसमध्य आठ हजार ५०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *