संसद र सञ्चारको भूमिकामा राष्ट्रपतिको महिला सांसदहरुसँग विमर्श

साउन १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साउन १५ गते विभिन्न राजनीतिक दलहरुबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग भेटघाट गर्नुभएको छ ।

हिजो राष्ट्रपति कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राष्ट्रपति भण्डारीले संघिय संसदका महिला सांसदहरूसँग महिला अधिकारका विषयमा राय तथा विचारहरु लिनुभएको हो । सय अघि राष्ट्रपति भण्डारीले संघिय संसदमा निर्वाचित भएर अाएका प्रतिनिधहरूसँग भेट भएकाे थिएन ।

राष्ट्रपतिसँगको भेटमा स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, खानेपानी मन्त्री बीना मगर, कृषिभूमि ब्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीको समेत उपस्थिति रहेको थियो । उनीहरुले महिलाका विषयमा संसदमा यथेष्ट बोल्ने अवसर नपाइने गरेको तथा महिलाका मुद्दाहरु प्राथमिकतामा नपरेका बताएका थिए ।

भेटघाट कार्यक्रममा संसदमा प्रतिनिधित्व गरेका सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा लगायतका दलहरुमा महिला सांसदहरुको उपस्थिति रहेको थियो । सो अवसरमा दलका महिला प्रतिनिधिहरुले राष्ट्रपति समक्ष आ–आफ्ना विचार राखेका थिए ।

भेटघाटमा नेपाली कांग्रेसकी सांसद मिना सुब्बाले राष्ट्रपति समक्ष देशमा दिन प्रतिदिन बढ्दो महिला हिंसा र बालिका बलात्कारका घटना दिन प्रतिदिन बढिरहेको भन्दै ५२ प्रतिशत महिलाहरु समाजमा असुरक्षित भएर हिड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखेकी थिइन् ।

उनले कञ्चनपुरमा १३ वर्षिय बालिकाको बलात्कारको घटना सेलाउन नपाउँदै काभ्रेमा ९ वर्षिय बालिका समेत बलात्कृत भएको घटना उदृत गर्दै असोज ३ गते भित्र पारित हुुने मौलिक हकमा बालबालिका बलात्कारलाई जघन्य अपराधका रुपमा राखेर मृत्यूदण्डको ब्यवस्था गर्न माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *