पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ, साउन १६ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको हो ।

२०४८ मा बैतडी जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्व सांसद जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा मृत्यु भएको थियो । जोशीप्रति शोक प्रस्ताव पारित गरी राष्ट्रियसभाको बैठक भोलि ११ः३० बजेसम्मका लागि स्थगित गरिएको छ ।

नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको हो । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको हो ।

जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए । विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *