काँग्रेस नेता एवम् पूर्वसांसद कृष्णकुमार जोशीको ७३ वर्षको उमेरमा निधन
२०७४ जेठ १५ गते

“
काठमाडाैं, साउन १६ । नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको छ । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको नेपाली काँग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले दिए ।
जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति भएका थिए। विसं २०४४ मा काँग्रेसको केन्द्रीय सदस्य बनेका जोशी २०४८ सालमा बैतडी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
स्व. जोशीका दुई छोरा र तीन छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








