देउवा-दाहाल फोन संवाद : आज मन्त्रिपरिषद विस्तार हुँदै

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आज (मंगलबार) गर्ने जनाएका छन् । आजको कान्तिपुरमा यो खबर छ ।
प्रधानमन्त्री देउवाले सोमबार दाहाललाई फोन गरी मंगलबार(आज) मन्त्रिपरिषद विस्तार गर्ने जनाएका हुन् । आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलमा देउवाले सोमबार मन्त्रिपरिषद विस्तार गर्ने वचन दिएका थिए ।
मन्त्रिपरिषद विस्तारमा धेरै ढिलाई भएको भन्दै दाहालले प्रधानमन्त्रीको आलोचना गरेको थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित