“””पहिलो नम्बरमा”” गीत शेयर गर्नेलाई दिपक राज गिरीको “”गज्जब”” को अफर !”

काठमाडौँ, साउन १६ । कमेडी धारमा बनेको चलचित्र ‘छक्का पञ्जा–३’ को शीर्ष गीत पहिलो नम्बरमा सार्वजनिक भएको छ ।

सोमबार युट्युबमार्फत रिलिज भएको गीतलाई फिल्मका निर्देशक तथा मुख्य कलाकार दिपक राज गिरीले दर्शकहरुलाई गज्जबको अफर गरेका छन् ।

रिलिज भएको १२ घण्टामै अग्र्यानिक भ्युज लगभग साढै ५ लाख बटुलेको सो गीतलाई दिपक राज गिरीको इन्बक्समा आइ डिड लेखेर पठाउनेलाई अर्थात् शेयर गर्नेमध्ये १५ जनालाई गिरीले छक्का पञ्जा ३ को युनिट सँगै बसेर फिल्म हेर्ने अवसर प्रदान गर्ने भएका हुन् ।

उनले आफ्नो फेसबुकमा गीत शेयर गर्दै लेखेका छन्ः ल आयो है, यसलाइ शेयर गरेर मेरो Inbox मा  I Did लेख्नु हुने मध्य १५ जना संग चलचित्रको पहिलो शो संगै बसेर हेरिने छ ।

गीतलाई राजेन्द्र थापाले लेखेका छन् भने यसमा संगीत दीपक शर्माको रहेको छ । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

गीतमा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङसहित फिल्मकी निर्देशक दीपाश्री निरौला पनि देखिएकी छिन् ।

दसैँमा रिलिज हुने फिल्मको प्रचारप्रसारको सरुवात गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । फिल्ममा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्टलगायतको अभिनय रहेको छ ।

फिल्मकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् ।

भिडियो

https://youtu.be/sP5iikc2MW4″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *