आजदेखि विश्व स्तनपान सप्ताह सुरु, २२ गतेसम्म नेपालसहित विश्वभर मनाइँदै

काठमाडौं, साउन १६ । आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । सन् १९९० मा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको पहलमा विश्व स्तनपान सप्ताह मनाउने घोषणा गरिएको थियो ।

‘स्तनपान जीवनको आधार’भन्ने नारासहित यस वर्षपनि यो दिवस नेपालसहित विश्वभर मनाइँदै छ । नेपालका विभिन्न अस्पताल, स्वास्थ संस्थामा आजदेखि साउन २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइने भएको छ ।

स्तनपानको महत्वबारे सचेत गराउन, शिशु जन्मेको एक घन्टाभित्र स्तनपान गराउन जोड दिन र सुनौला हजार दिन अन्तर्गतका आमाहरूलाई स्तनपान नगराउनुका बेफाइदालगायत विषयमा जनचेतना दिन यो सप्ताह मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =