९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना, सबैको उद्धार

काठमाडाैं, साउन १६ । मेक्सिकोमा ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना भएको छ । उडेको करिब पाँच मिनेटमा विमान दुर्घटना भए पनि सबै यात्रु बाच्न सफल भएका छन् । दुर्घटनास्थलमा आगो लागेको दृष्य स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेका छन् ।

अधिकांश यात्री दुर्घटनाग्रस्त विमानबाट आफैं बाहिर निस्कन सफल भएका थिए । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटी जानका लागि उडान भरेको ए एम २४३१ विमान दुर्घटनामा परेको हो ।

दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिए । उनले दुर्घटनामा ८५ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताए ।

विमान खराव मौसमका कारण दुर्घटनामा परेको बताइएको छ । मौसममा खरावी आएपछि चालक दलका सदस्यहरुले विमानलाई आपतकालीन अवस्थामा घाँसे मैदानमा अवतरण गराउन खोजेपछि दुर्घटना भएको हो ।(एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *