‘आँखा तिखो र कान ठाडो बनाउने बेला आएको छ ’–प्रचण्ड

काठमाडौं, साउन १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसामू गम्भिर चुनौति रहेको बताएका छन् ।

पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनद्धारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आएको छ ।’

प्रचण्डले सरकारमाथि चौतर्फी घेराबन्दी सुरु गर्ने काम प्रतिक्रान्तिकारीहरुले गरिरहेको दावी गर्दै त्यसलाई प्रतिवाद गरेर जानुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्धलाई सुदृढ नबनाए क्रान्तिका उपलब्धि गुम्न सक्ने खतरा औंल्याउँदै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रचण्डले क्रान्तिको उपलब्धिविरुद्ध प्रतिक्रान्तिकारीहरुले शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित पनि स्मरण गराएका थिए ।

उनले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाई नगर्न समेत सरकारलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *