‘मेरी मामु’ का विजेतालाई थाइल्यान्ड पठाइने

सुनसरी, साउन १५ । आसुसेन फिल्मसले आफ्नो चौथो चलचित्रको प्रदर्शन अगाडी ‘एकपटक आफ्नो मामुसंग थाईल्याण्ड टुर जाऔ’ भन्ने शिर्षकमा प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बाल मनोविज्ञानमा आधारित रहेर आमा र छोराबीचको दुरी र सामिप्यताको गहिराईलाई केलाएर काठमाडौँदेखी देवघाटसम्मको टुरमा मामु छोराको सामिप्यता र उतारचढावको कथालाई यस चलचित्रमार्फत उतार्न खोजिएको छ ।

चलचित्र मेरी मामुले चलचित्रमार्फत आफनो मामुसंग थाईल्याण्डसम्मको यात्रामा विभिन्न किसिमको अनुभवहरु संगाल्नुहोस् अझ धेरै सामिप्यता बढाउनुहोस् भन्ने विषयवस्तुको शिर्षक राखेर सो टुर गर्न लागेको जनाईएको छ ।

सो टुरका निम्ती तोकिएको फर्म्याटमा आफनो मामुको बारेमा लेख्नुहोस भनिएको छ भने सो फर्म्याट अनुसार प्रतियोगिहरुले आफ्नो आमाको बारेमा मनछुने लेख लेख्नु पर्ने छ ।

सहभागीहरुले फर्ममा उल्लेख गरे अनुसार आ–आफ्नो जानकारीसहित २५० शब्दमा नबढाई लेख लेखेर स्कुल स्कुलमा राखिएको संकलन बक्समा खसाल्नु पर्नेछ भने सिधै आसुसेन फिल्ममा समेत पठाउन सक्नेछन् ।

सोही प्रतियोगिताबाट सहभागीहरुको माझमा चलचित्रका मुख्य कलाकार आयुब सेनले उत्कृष्ट ठहरिने पाँचजना  बाबु, नानीलाई विजेता घोषित गर्ने जानकारी दिएका छन ।

प्रतियोगितामा विजेता बन्नेलाई फोन सम्पर्क समेत गरिनेछ भने विजेता स्वयं आसुसेनको कार्यालयमा गई उपहार संकलन गर्न सक्नेछन । प्रतियोगितामा कक्षा १ देखी १० सम्मका भाईबहिनिहरुले भाग लिन सक्नेछन् ।

विजेता बनेका पाँचजना आमा छोरा वा आमा छोरीलाई थाईल्याण्डको भ्रमण गराईने चलचित्रका निर्माता सन्तोष सेनले जानकारी दिएका छन् ।

साथै सो चलचित्रका सम्पूर्ण कलाकारको उपस्थितीमा मेरी मामु चलचित्र आउदो भाद्र ११ गते ग्राण्ड रेड कार्पेट प्रिमिएर शो BP4  Entertainment को आयोजनामा धरानको गोर्खा सिनेप्लेक्समा गरिने छ भने चलचित्र आगामी भाद्र १५ गते देशैभरीका हलहरुमा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *