घुस रकमसहित सव इन्जिनियर पक्राउ

कोहलपुर, साउन १५ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका असिस्टेन्ट सव इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले मंगलबार सव इन्जिनियर रमेशकुमार गौतमलाई पक्राउ गरेको हो ।

बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण सम्पन्न प्रतिवेदन तयार पार्नेक्रममा सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अख्तियारको टोलीले जनाएको छ । उनलाई घुस वापतको रकम लिइसकेपछि नगरपालिकाको कार्यालयबाटै पक्रिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *