तीन महिनामा सशस्त्र प्रहरीका ७ सय ८६ कर्मचारीले दिए राजीनामा

काठमाडौँ, साउन १५ । सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरीमा एक महिनामा ५ सय २६ कर्मचारीले राजिनामा दिएको जनाएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक विवरण सार्वजनिक गर्दै सशस्त्रका प्रवक्ता एवम् डिआईजी बाबुराम पाण्डेले सशस्त्र प्रहरीमा एक महिनामा ५ सय २६ जना अधिकारीले राजिनामा दिएको बताएका हुन् ।

पाण्डेले बैशाखमा १ सय जना, जेठमा १ सय ६० जना र असारमा ५ सय २६ जना गरी ३ महिनामा ७ सय ८६ जनाले राजीनामा दिएको बताएका हुन् ।

उनका अनुसार ३ महिनाको अवधिमा सबैभन्दा बढी मात्रै ४ सय ६५ जना वरिष्ठ हवल्दारले राजीनामा दिएका छन् ।

त्यस्तै, सहायक निरीक्षक १ सय ३३ जना, जवान ९८ जना, नायब निरीक्षक २७ जना, हवल्दार ३१ जना, सहायक हवल्दार २२ जना, परिचर ७ जना र प्रहरी निरीक्षक ३ जनाले राजीनामा दिएका छन् ।

यो अवधिमा २ सय २ जनाले अनिवार्य अवकास पाएका छन् । समयमा बढुवा नभएका कारण उनीहरुले राजीनामा दिएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *