जापानको फुकिशिमामा भूकम्प !
२०७४ जेठ १५ गते

“
टोकियो, साउन १५ । जापानको फुकुशिमा प्रान्तमा ५.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार बिहान ५ः४२ बजे सो भूकम्प गएको जापानको मौसम विज्ञान निकायले जानकारी दिएको छ ।
यस भूकम्पको केन्द्रविन्दु तटिय क्षेत्रको जल सतहमा रहेको जनाइएको छ । पूर्वी जापानको मियागी र फुकुशिमा प्रान्तहरु यस भूकम्पबाट बढी प्रभावित भएको बताइएको छ ।
हालसम्म यस भूकम्पबाट मानवीय र सम्पत्तीको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । साथै भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन् ।
जापान विश्वको अरु राष्ट्रको तुलनामा बारम्बार भूकम्पले सताउने देश हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








