दूतावासको छाप र दस्तखत किर्ते भेटिएपछि ग्रेट स्काई इन्टरनेशनल म्यानपावरमा विभागको छापा

काठमाडौं, साउन १५ । वैदेशिक रोजगार विभागले ग्रेट स्काई इन्टरनेशनल म्यानपावर कम्पनीमा छापा मारेको छ । युएईस्थित नेपाली दूतावासको छाप र सहि किर्ते गरेको भेटिएपछि विभागले मंगलबार छापा मारेको हो ।

युएईस्थित नेपाली दूतावासले सोमबार आफ्नो दस्तखत र छाप नै किर्ते गरेको भन्दै विभागमा खबर गरेको थियो । विभागमा खबर आउनासाथ विभागले म्यानपावर कम्पनीको कारोबार रोक्का राखेको थियो ।

सोमबार छापा मार्दै कागजात नियन्त्रणमा लिइएको र म्यानपावर सञ्चालकलाई झिकाइएको विभागका निर्देशक उद्धव रिजालले जानकारी दिए । विभागले सोमबार अल स्किल म्यानपावर कम्पनीमा पनि छापा मारेको थियो ।

मंगलबार कुवेत उड्न लागेका कामदारसँग बढि रकम लिएको उजुरीपछि विभागले छापा मारेर कागजात नियन्त्रमा लिएको थियो । कामदारलाई भने १० हजार रुपैयाँमा मात्रै कुवेत उडाउन विभागले निर्देशन दिएको थियो । लामो समयदेखि अनुगमन र कारबाही निस्क्रिय जस्तै भएको विभागले केहि दिन देखि म्यानपावरमाथिको कारबाही बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =