एनआईसी एशिया बैंकद्वारा सहयोग हस्तान्तरण तथा रक्तदान

साउन ९, काठमाडौं । बैंक २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनआईसी एशिया बैंक लिमिटेडले ललितपुर जिल्लाको भैंसेपाटी स्थित अनाथ बाल बाटिका संघमा आश्रित विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण  र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई ध्यानमा राख्दै थापाथली स्थित कार्यालय भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा करीब १५० जना रक्तदाताले रक्तदान गरे । बैंकले हालै देशभरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरेको बताएको छ ।

यस्तो वृक्षरोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *