मेयरमाथि नै खनिए कांग्रेस कार्यकर्ता, दिए ज्यान मार्ने धम्की !

“
काठमाडौँ, साउन १४ । प्रतिपक्ष दल नेपाली काँग्रेसले मेयरमाथि नै आक्रमणको प्रयास गरेको छ । आज सरकारविरुद्ध देशैभर विरोध प्रदर्शनका लागि सदरमुकाम हिँडेका कांग्रेस कार्यकर्ताले बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पामाथि आक्रमण प्रयास गरेका हुन् ।
काठमाडौंबाट बाह्रविसे जाँदै गरेका शेर्पालाई जुरेपहिरो गएको स्थानमा जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेका हुन् ।
पहिरोमा फसेको गाडी पार गराउने विषयमा कांग्रेस कार्यकर्ता र मेयरबीच सामान्य भनाभन भएपछि कांग्रेस कार्यकर्ताले आक्रमण प्रयास गरेको हो । ‘पहिरोमा फसेको गाडी मैले नै तानेर निकाल्नु पर्छ भनेर जुलुशमा हिँडेका कांग्रेस कार्यकर्ताले निउ खोजे ।’
शेर्पाले भनाभनकै क्रममा स्थानीय बालकृष्ण बस्नेत नेतृत्वको कांग्रेस समूहले आफूमाथि आक्रमणको प्रयास गरी ज्यान मार्ने धम्की समेत दिएको बताए ।
“








