सडक किनारमा बम विस्फोट, ८ को मृत्यु, ४० घाइते

काबुल, साउन १५ । अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ ।

यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको सो बम एक यात्रुवाहक बससँग ठोक्किँदा सो हताहत भएको हो । यस विस्फोटको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन ।

यस विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा नलिएको, तर यस प्रकारको विस्फोट बारम्बार तालिवान आतङ्ककारी समूहले गराउदै आएको हुनाले हाल पनि सोही समूहको हात रहेको प्रहरीको दाबी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *