गुनासा सुन्न प्रधानमन्त्री ओली पेरिसडाँडामा !

काठमाडौँ, साउन १५ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष केपी शर्मा ओली गुनासो सुन्ने कार्यक्रमका लागि पूर्व माओवादी मुख्यालय पेरिसडाँडा जाने भएका छन् ।

एमाले र माओवादी एकता भएपछि तत्कालीन पार्टीका दुवै कार्यालयलाई नेकपाको केन्द्रिय कार्यालयका रुपमा प्रयोग गरिँदै आएको छ ।

पेरिसडाँडामा प्रम ओलीले सरकार बारेका गुनासा सुन्ने कार्यक्रम अन्तर्गत त्यहाँ उपस्थित नेकपाका कार्यकर्ताहरुको गुनासो सुन्नेछन् ।

सरकारबारे बाहिर भइरहेका टीकाटिप्पणी र काम कारबाहीबारे कार्यकर्ताहरुले गुनासा तथा सुझाव दिने कार्यक्रम रहेको छ । प्रम ओलीले महिनाको २ पटक पार्टी कार्यालय पुगेर कार्यकर्ताहरुको गुनासो सुन्ने गर्दै आएका छन् । आजको कार्यक्रम यसैको निरन्तरता रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =