‘प्रेस’को मोटरसाइकलबाट लागु औषध कारोबार गर्ने चौधरी प्रहरी नियन्त्रणमा

काठमाडौँ, साउन १५ । लागु औषधको अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो पौने ३ बजे काठमाडौँ महानगरपालिका २२ पुरानो नगरपालिका नजिकैबाट प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकलबाट लागुऔषधको अवैध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही मोटरसाइकलमा सवार धनुषा गणेशनाथ चारनाथ नगरपालिका ४ का राजकुमार चौधरी रहेका छन् ।

चौधरीको साथबाट प्रहरीले बैंकमा जम्मा गरेको ४ लाख रुपैयाँको भौचर पनि बरामद गरेको छ ।

चौधरीले बोकेको कालो झोला चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीसँग लागुऔषध खरिद गर्न आएका काठमाडौं बसन्तपुरका मोहम्मद शाहीदलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *