राइटपाथ करियर काउन्सेलिङ आइएसओ मान्यता प्राप्त

“
साउन १५, काठमाडौं । स्थापनाको छोटो समयमै उच्स्तरीय सेवा प्रदान गर्न सफल राइटपाथ करियर काउन्सेलिङ आइएसओ सर्टिफाइड भएको छ ।
बस्तु तथा सेवाको गुणस्तरीयता मापन गर्ने निकाय TNV सर्भिफिकेटसन यूकेले राइटपाथको कार्य, सेवाको गुणस्तरीयता मापन गरेर International Organization for Standardization (ISO) २००९ः२०१५ प्रमाणपत्र प्रदान गरेको हो ।
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको राइटपाथले दुई वर्षमै आइएसओ मान्यता प्राप्त गर्न सफल भएकोमा खुसी हुँदै राइटपाथका प्रमुख कार्यकारी अधिकृत फिलिप डिसीले आइएसओ प्रमाणपत्र पाउन मुख्य रुपमा अभिभावक, विद्यार्थी र कर्मचारी जिम्मेवार रहेको बताए ।
‘विद्यार्थी र अभिभावकले हामीप्रति देखाउनु भएको विस्वास र मेरा कर्मचारी साथीहरुले गर्नुभएको मेहनतको फल हो, म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।
Abroad Study and test Preparation का लागि राइटपाथलाई आइएसओ दिइएको बताइएको छ । Abroad Study सम्बन्धित काम गर्ने पाँच हजार बढि शैक्षिक संस्था रहेकोमा आइएसओ मान्यता प्राप्त संस्थाहरु नेपालभर तीन दर्जनको हाराहारीमा मात्र रहेका छन् ।
राजधानीको पुतली सडकमा रहेको राइटपाथले विद्यार्थी अभिभाबकलाई गुणस्तरीय सेवा मोफसलमा समेत दिनका लागि चितवनको भरतपुर र दाङको तुल्सीपुरमा समेत चाडैं शाखा विस्तार गर्ने तयारी समेत गरेको छ ।
“








