खेलमा ‘कृतिम अभिनय’ बाल्यकाल देखिकै बानी हो– नेमार

“
ब्राजिल, साउन १४ । ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिएका छन् ।
ब्राजिलियाली फुटबलका टोली नेता (क्याप्टेन) नेमारले हालै रसियामा सम्पन्न भएको खेलमा ‘अस्वभाविक अभिनय’ गरेको भनी विश्वभर आएको आलोचनालाई सम्बोधन गर्दै उनले भने, खुट्टाका नलीमा जुत्ताको चोटलाग्दा, मेरुदण्डमा ठक्कर लाग्दा, खुट्टामा विपक्षी साथीहरूको पैतालाले कुल्चिँदा म जमिनमा ढल्नु स्वभाविक हो ।
‘हुनसक्छ, पीडाका कारण जमिनमा म ढल्दा अस्वभाविक लागेको हुनसक्छ वा दर्शकले यसलाई अस्वभाविक अभिनय भन्नुभयो होला तर यो मेरो बाल्यकालदेखिकै बानी हो,’ – उनले एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा बताए ।
पेरिस सेन्ट जर्मनका फरवार्ड खेलाडी नेमारले पोर्चुगाली भाषामा भने, “तपाँईहरू सबैले सोच्नुहोला खेलका समय म धेरै नै लडेँ । तर वास्तवमा म लडेको हो, अभिनय गरेको होइन । हुनसक्छ, खेलका समय मैँले शरीरलाई केही सन्तुलित पार्न सक्नुपथ्र्यो त्यो सकिनँ । यो मेरो स्वाभाव बनिसकेको छ ।”
‘यसबाट मलाई नै खुट्टाको गोलीगाँठोमा चोट लागेको छ र गत फेब्रुवरीमा शल्यक्रिया नै गर्नुपरेको थियो ।’
उनले भने, “जतिबेला म लड्छु नि, यो मैले एउटा अभिमानी बालकले जस्तो गलत धारणा राखेर लडेको होइन तर म अझै मेरो समस्यालाई व्यवस्थापन गर्न सिकिसकेको छैन । म भित्र त्यहाँ अझै पनि केटाकेटीपन रहेको छ र कहिलेकाँही यसले विश्वलाई दिग्भ्रमित पारिदिन्छ ।”
‘तपाईँहरूको आलोचनाले मलाई मेरो कमजोरी सच्चाउने अवसर मिल्छ । यसबाट ब्राजिलको फुटबल क्षेत्रलाई पनि सुध्रने अवसर प्राप्त हुनेछ,’ उनले भने ।
ब्राजिलियाली फुटबल स्टार नेमारले गत हप्ता एएफपीलाई दिएको अन्तवार्तामा ब्राजिलको विश्वकपमा अनपेक्षित हारले आफूलाई कहिलेकाँही बललाई नहरौँ जस्तो लाग्ने गरेको वा अब फुटबल नै नखेलौँजस्तो लाग्ने गरेको खुलासा गरेका थिए ।
“








