झापाः वडा कार्यालयलाई पाँच कट्ठा जग्गा दान

दमक, साउन १५ । झापामा एक दाताले रु ५० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गरेका छन् ।

जिल्लाको जुरोपानीका बासिन्दा घनश्याम जोशीले गौरादह नगरपालिका– ८ को वडा कार्यालय भवन निर्माणका लागि पाँच कट्ठा जग्गा दान गरेका हुन् ।

जोशीले उक्त जग्गा वडा कार्यालयको नाममा रजिस्ट्रेशन पास गरेका छन् । मुख्य सडकबाट वडा कार्यालयसम्म पुग्न सहायक बाटोका लागि समेत निःशुल्क जग्गा दिने जोशीसँग सहमति भएको वडाध्यक्ष भूमिराज पोखरेलले जानकारी दिए । उनले आगामी मंसिरदेखि भवन निर्माण थाल्ने बताए ।

गौरादह नगरपालिकाको वडा नं १, ५, ६, ७ र ९ को आफ्नै भवन छ । वडा नं २, ३, ४ र ८ को वडा कार्यालयको कामकाज भने हाल भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *