राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

काठमाडौं, साउन १५ । राष्ट्रिय जनता पार्टी (राजपा) ले बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधनलगायतका आफूहरूको माग सम्बोधन गर्ने विश्वास सरकारले दिलाएका कारण समर्थन फिर्ता लिने बारेमा कुनै छलफल नभएको बताए ।

नेता महतोले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको भन्दै पार्टीको महाधिवेशनबाट सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बारेमा छलफल भइरहेको जानकारी दिए । संघीय समाजवादी फोरम नेपालसँग एकताको कुनै सम्भावना नरहेको र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग गुण र दोषका आधारमा सम्बन्ध स्थापित हुने नेता महतोले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *