जब दिसाबाट निस्कियो सुनको सिक्री
२०७४ जेठ १५ गते

“ईटहरी, साउन १५ । ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको छ । कोसी अञ्चल अस्पतालमा निरन्तर प्रहरीको निगरानीमा रहेका नेपालले सोमबार दिउँसो सिक्रीसहित दिसा गरेको मोरङ प्रहरीका डिएसपी घनस्याम श्रेष्ठले बताए ।
विराटनगर महानगरपालिका ९ जलजला चोकको राठी ज्वेलसरीबाट ११ साउन साँझ नेपालले गहना किन्ने बहानामा सुनको सिक्री निलेर चोरी गरेका थिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








