‘छक्का पञ्जा ३’ को शीर्ष गीत ‘पहिलाे नम्बरमा’ बजारमा (भिडियाेसहित)

काठमाडाैं, साउन १५ । नेपाली चलचित्र ‘छक्का पञ्जा ३’ को  शीर्ष गीत ‘पहिलाे नम्बरमा’ भिडियाेसहित बजारमा अाएकाे छ । हिजाे सोमबार युट्युबमार्फत रिलिज भएको गीतमा अहिलेकी  चर्चित गायीका बिन्दु परियार र डेभिड शंकरकाे रहेकाे  छ । फिल्ममा समावेश ‘पहिलो नम्बर’ मा बोलको गीत रिलिज गरिएको हो ।

दिपक शर्माकाे संगीत रहेकाे उक्त गीतमा राजेन्द्र थापाको शब्द रहेकाे छ । कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा दिपा श्री निराैला, दिपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, दिपिका प्रसाइ, केदार घिमिरे (माग्ने बुढा)  अादिकाे अभिनय तथा नृत्य हेर्न पाइन्छ । फिल्म दशैँमा रिलिज गर्ने निर्माण युनिटले बताएको छ ।

https://www.youtube.com/watch?time_continue=7&v=sP5iikc2MW4″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *