धरानमा ईलाका प्रहरीको हिरासत भवन शिलान्यास, ४ करोडको लागतमा भवन बन्दै

धरान, साउन १४ । ईलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ ।

ईलाका प्रहरी कार्यालय धरानको हाताभित्र ४ हजार बर्गफिटमा वर्तमान कार्यालयको उत्तर पश्चिमतर्फ रहेको आफनै जग्गामा ८ कोठाका दुई तल्ले भवनको ४ करोडको लागतमा सो सुविधा सम्पन्न हिरासत भवन बन्ने भएको हो ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले उक्त भवनको शिलान्यास गरेका हुन । सुविधा सम्पन्न दुई तले भवन २ वर्षभित्र पुरा गरिसक्नुपर्ने लिखित सम्झौता समेत गरिएको छ ।

हिरासत भवन निर्माण समिति संयोजक मिन कुमार सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले भवन निमार्ण गर्दा गुणस्तर र समयलाई महत्व दिन आग्रह गरेका छन् ।

मन्त्री कार्कीले पहाड–तराई जोडने प्रबेशद्धारको रुपमा धरान रहेकाले हरेक क्षेत्रबाट धरानको विकास हुनुपर्नेमा जोड दिए । लामो समय आफनो सम्बन्ध धरानसंग रहेको भन्दै मन्त्री कार्कीले प्रदेश सरकार धरानेहरुको साथमा रही धरानको ऐतिहासिक परिचय गुम्न नदिने प्रयासमा रहने बताए ।

उनले धरानलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न जरुरी रहेको बताए ।

एक अर्काै प्रसंगमा मन्त्री कार्कीले धरानबासीप्रति विकास निर्माणमा बढी आशा गर्ने समय पनि आएको बताउदै धरानबाट वरीपरिका सहरहरुले समेत विकास निर्माणका कार्य सिक्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेपाल प्रहरीका डि आई जी केदार रिजालले धरान क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिदै प्रहरीलाई जनताले पनि मेरी साथी नभनी प्रहरी हाम्रो साथीको रुपमा सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपािलकाकी कार्यबाहक मेयर मन्जु भण्डारीले हिरासतलाई सीप सिकाउने स्थलको रुपमा विकास गर्न आग्रह गरेकी थिइन् ।

साथै भण्डारीले सुबिधा सम्पन्न हिरासत भवन बनाउन सबै धरानेबासीलाई हालेमालो गर्न समेत आग्रह गरेकी थिइन्।

सोही कार्यक्रममा धरानका पुर्व मेयर मनोज मेन्याङवोले जनताको पैसा सहि रुपमा सदुपयोग गर्न तथा अनावश्यक खर्च नर्गन सुझाव दिए ।

उनले धराने सहर तथा धराने जनताको जस्तो साथ राष्ट्रको कुनैपनि सहरले सरकारलाई दिन नसक्ने दावी समेत गरे ।

मेन्याङवोले धरानका डि एस पी रामेश्वर पौडेलको प्रसंशा गर्दै दाताहरुलाई कबुल गरेर धोका नदिन तथा कार्य गर्ने ब्यक्तिहरुको हौसला बढाउन समेत आग्रह गरे ।

कार्यक्रममा गंगा कालिकोटी, गोपाल श्रेष्ठ, मनोहर लाल अग्रवाल, एस डब्लु लामिछाने, रमेश अटल, दिलिप श्रेष्ठ, माया राईले नगद २५ हजारदेखी १ लाख १ सय ११ रुपैयाँ सम्म प्रदान गरेका थिए भने कयौं दाताहरुले भवन निर्माणमा आर्थिक सहयोगको बाचा गरेका छन्।

भवन निर्माणका निम्ती हाल सम्ममा ३१ लाख ३७ हजार १ सय ३८ रुपैयाँ संकलन भएको इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *