माछा मार्न गएका सप्तरीका युवक कोशीमा बेपत्ता

राजविराज, साउन ९ । माछा मार्न गएका सप्तरी, हनुमानगर कंकालनी नगरपालिका–१४ का १६ वर्षीय ललन मण्डल तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीमा बेपता भएका छन् ।

माछा मार्ने क्रममा कोशीले बगाउँदा बेपत्ता मण्डलको इप्रका हनुमानगर र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *