विस्वासपात्रले नै धोका दिएपछि कमल थापालाई संकट

काठमाडौँ, साउन १४ । कमल थापा निकट राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सय बढि नेता कार्यकर्ताले आज पार्टी परित्याग गरी पशुपति शमशेर राणाको राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गरेका छन् ।

कमल थापाले पार्टीको मुल्य मान्यता विपरित एकलौटी ढंगले पार्टी संञ्चालन गरेको आरोप लगाउँदै उनीहरु राणा नेतृत्वको पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुले कमल थापा एजेण्डा विहिन भएको समेत आरोप लगाएका छन् ।

थापाको राप्रपाका युवा मोर्चा प्रदेश नम्बर ३ का प्रमुख तथा काठमाडौं टोखा नगर समितिका अध्यक्ष सुरज पाण्डे, राप्रपा युवा मोर्चाका केन्द्रिय सदस्य सरोज अधिकारी, पुरुषोत्तम दंगाल, प्रवास विभाग बेल्जियमका अध्यक्ष रमेश लम्साल र युवा मोर्चाका केन्द्रीय तहका जिम्मेबार नेता नगेन्द्र देउजा समेत राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेपछि कमल थापालाई ठूलो धक्का लागेको छ ।

तीन राप्रपा विच एकीकरणको प्रयास भईरहेको अवस्थामा थापाका विस्वासपात्रहरु नै बाहिरिए पछि कमल थापालाई पार्टी जोगाउन धौधौ परेको छ ।

थापाबाट छुट्टिएर आएका केन्द्रिय तहका नेता तथा कार्यकर्तालाई पार्टी अध्यक्ष राणासहित पार्टीका वरिष्ठ उपाध्यक्ष केशवराज विष्ट, अर्का उपाध्यक्षद्वय दुर्गा श्रेष्ठ र अधिवक्ता विष्णु भट्टराई लगाएतले अबिर तथा दोसल्ला लगाएर स्वागत गरेका थिए ।

सोही अवसरमा अध्यक्ष राणाले अहिलेको सरकार देशद्रोही रहेको बताएका थिए । उनले एकलौटी रुपमा नेकपाले सरकार चलाएको आरोप समेत लगाएका थिए । साथै उनले नेकपाको सरकारले प्रेटोलियम पदार्थसँगै विभिन्न खाद्यान्नमा मुल्य बृद्धि गरेर जनताको ढाढ भाँच्ने कार्य गरेको समेत जिकिर गरे ।

उनले सरकारले विभिन्न क्षेत्रमा कर बढाएर जनतालाई अझ सास्ती दिएको भन्दै अविलम्ब मुल्यबृद्धि फिर्ता लिनुपर्ने माग गरे । साथै पार्टीमा प्रवेश गरेका कार्यकर्तालाई संवोधन गर्दै राणाले राप्रपा प्रजातान्त्रिक लोकतान्त्रिक शक्तिहरुको बलियो पार्टी बन्ने दावि पनि गरे ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राणासहित पार्टीका वरिष्ठ उपाध्यक्ष केशवराज विष्ट, अर्का उपाध्यक्ष दुर्गा श्रेष्ठ र अर्का उपाध्यक्ष वरिष्ठ अधिवक्ता विष्णु भट्टराई लगाएको सहभागिता रहेको थियो ।

पार्टीले आउँदो १६ गते वर्तमान सरकारले बढाएको मुल्यबृद्धि, कर बृद्धिको विरुद्ध राजधानीको माइतिघर मण्डलामा बृहद् विरोध प्रर्दशन गर्ने भएको छ ।

प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष निराजन बमले सरकारको निरंकुशता विरुद्ध संबैधानिक मुल्य मान्यता स्थापित गर्नका लागि सरकारलाई जनदवाव दिनका लागि बृहद् विरोध प्रर्दशन गर्न लागिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *