वाइवाइ शिक्षा पुरस्कार २८ गते प्रदान गरिने

काठमाडौँ, साउन १४ । यो वर्षको १४ औं वाइवाइ राष्ट्रिय शिक्षा पुरस्कार यही साउन २८ गते प्रदान गरिने भएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गरी शिक्षालय मासिक तथा आवाज मिडियाले पुरस्कारबारे जानकारी दिएका हुन् ।

पुरस्कार वितरण कार्यक्रममा यो वर्षको क्रियाशिल शिक्षा पत्रकारिता पुरस्कार द काठमाडौँ पोष्टका पत्रकार विनोद घिमिरे र आजको शिक्षा साप्ताहिकका पत्रकार रोशन क्षेत्री गाउँलेलाई जनही रु १० हजार दिने घोषणा गरिएको छ ।

वाइवाइको यो काम सराहनीय भएको नीजि तथा आवासीय विद्यालय (प्याब्सन) केन्द्रका उपाध्यक्ष इश्वर गुरुङले बताए । साथै यो पुरस्कारबाट गाउँगाउँका जनतामा शिक्षाको चेतना बढेको एनप्याव्सनका पूर्व उपाध्यक्ष पूर्ण शाहीले जानकारी गराए।

आगामी वर्ष पनि यो पुरस्कारलाई निरन्तरता दिइने चौधरी ग्रुप केन्द्रका वरिष्ट व्यवस्थापक सुरेन्द्र खनालले बताए ।
वाइवाइले १३ वटा विधामा राष्ट्रिय शिक्षा पुरस्कार वितरण गर्न लागेको छ ।

जसमा स्कुल अफ दि इयर (संस्थागत र नीजि दुवै विद्यालयलाई), बेष्ट टिचर अवार्ड (सामुदायिक विद्यालयलाई), कन्ट्रिब्यूसन अवार्ड (शैक्षिक संस्थागत र संगठनलाई), क्रियटिभ कलेज अवार्ड (कलेज), प्रिन्सिपल अफ दि इयर, एजुकेशन भिजन अवार्ड छन् ।

त्यस्तै वाइवाइ ज्ञानउदय छात्रबृत्ति पुरस्कार, एक्सिलेन्स अवार्ड (कक्षा ११ र १२ सहितको विद्यालय), गुडविल एचिभमेन्ट अवार्ड (विद्यालय वा कलेजलाई), डेडिकेशन अवार्ड (शिक्षा सेवा), एजुकेशन जर्नलिष्ट अवार्ड, राइजिङ अवार्ड (विद्यालय वा कलेजलाई) र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =