गगन थापा र व्यवसायी दुर्गा प्रसाईविरुद्ध स्टुडेन्ड एशोसिएसनद्धारा आन्दोलन घोषणा

काठमाडौं साउन १४ । पूर्व स्वास्थ्यमन्त्री एवम् सांसद गगन थापा र मेडिकल व्यवसायी दुर्गा प्रसाईले सार्वजनिक रुपमा मेडिकल विद्यार्थीका बारेमा दिएको आपत्तिपूर्ण अभिव्यक्तिले आघात पुगेको भन्दै नेपाली स्टुडेन्ड एशोसिएसन बङगलादेशले आन्दोलनको कार्यतालिका घोषणा गरेको छ ।

थापाले चीन, बङगलादेश र फिलिपिन्समा एमबीबीएस् अध्ययन गर्न गएका नेपाली विद्याथीहरुले सर्टिफिकेट किन्ने गरेको बताएका थिए । थापाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको हो ।

एशोसिएसनले निकालेको प्रेसविज्ञप्तीमा जिम्मेवार व्यक्तिको यस्तो अभिव्यक्तिले विद्यार्थी र अभिभावकमा आघात पुर्याएको भनी उल्लेख गरेको छ ।

एशोसिएसनले थापाले दिएका अभिव्यक्तिको स्पाटिकरण समेत मागेका छन् । त्यस्तै दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिले नेपाली चेलीलाई बदनाम गरेको भन्दै प्रसाईमाथि कानुन बमोजिमको कारबाहीको माग गरेका छन् ।

आन्दोलित विद्यार्थी एशोसिएसनले सोमवार ढाकामा रहेको नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम र १८ गते दूतावासमा १२ बजेदेखि धर्ना दिने प्रेस विज्ञप्ति मार्फत आन्दोलनको कार्य तालिका सार्वजनिक गरेको छ ।

एशोसिएसनद्धारा जारी विज्ञप्तीमा यस्ता संवेदनशील विषयमा सरकार र दुतावासले कारबाहीका लागि कुनै चासो नदेखाएकोप्रति आपत्ति प्रकट गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *